बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मनकामना केबलकार भोलि (शुक्रबार) एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रवारका दिन सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । सेवा शनिवारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको शहीदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिक स्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विक्रम संवत् २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।

तपाईको प्रतिक्रिया