बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनकपुरधाममा एक महिलाको जलिरहेको अवस्थामा शव फेला परेको छ। बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर महादेव मन्दिर नजिकै रहेको खेतमा युवती जलिरहेको अवस्थामा मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्‍जन अवाका अनुसार युवतीसँगै घाइते अवस्थामा भेटिएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

स्थानीयले खेतमा युवती जलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा प्रहरी पुगेको थियो। मृत्यु भएकी युवती महोत्तरीको मनरासिस्वा नगरपालिका-२ कि २२ वर्षिया प्रियंका महतो रहेको अनुमान प्रहरीले गरेको छ।युवती र बालिकाको दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी अवाले जानकारी दिए ।

युवती र बालिकाको हत्या हो या आत्महत्या हो प्रहरीले अनुसन्धान गरिरहेको छ । युवती र बालिकाको दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी अवाले जानकारी दिए । पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै घटनाबारे यथार्थ बाहिर आउने डीएसपी अवाले बताए ।

 

तपाईको प्रतिक्रिया