Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – विदेशमा काम गर्न जाने श्रमिकले अब एक घण्टाभित्रै श्रम स्वीकृति पाउने भएका छन् । काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो ।

श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सेकेन्डमा नै श्रम स्वीकृति दिन सकिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले दाबी गरेका छन् । उनले विभागमा हुने कामकारवाहीलाई एकलेयर प्रणालीबाट गर्न सक्ने गरि नितिगत सुधार गरिएको धारणा राखे। उनले अव सवै कागजात अपलोड गरेको एक घण्टामा मोवाईलमा नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने दाबी गरे।

पहिले १५ दिनसम्ममा श्रम स्वीकृति दिने व्यवस्था थियो । त्यसलाई बिस्तारै घटाउँदै पछिल्लो समय तीन दिनभित्रमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको थियो । तर श्रमिकले श्रम स्वीकृति पाउन हप्तौँ कुर्नुपर्ने बाध्यता भएपछि ती समस्याको समाधान गर्दै एक घण्टाभित्र नै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया