बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पछिल्लो समय निरन्तर जसो भइरहेको सङ्घीय संसद्को वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसदको वेबसाइटमा निरन्तर ह्याकरले पहुँच पुर्‍याइरहेका छन् । बिहीबार पनि संघीय संसद्को वेवसाइट ह्याक भएको छ । वेवसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मकता फैलाउने सामग्री राखेका छन् । तस्बिरमा लेखिएको छ, ‘ह्वाट इज चाइना नोथिङ, स्टप सपोर्टिङ चाइना ।’

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘हाम्रो पेज पूरै ह्याक भएको त छैन । तर, पेजमा स्पोन्सर हुने जस्तो गरी सामग्री राखिएको रहेछ । केही समयअघि मात्रै हामीले थाहा पायौं । योबारे समाधान गर्ने कोसिस आइटी टिमले गरिरहेको छ ।’

सरकारी कार्यालय त्यो पनि संघीय संसदको वेबसाइटमा पछिल्लो समय निरन्तरजसो डाउन र ह्याक हुने समस्या बढिरहेको छ, जसले गर्दा संसदीय सूचनाको संरक्षणमा असर परेको छ ।

तपाईको प्रतिक्रिया