मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – म्यानमारको सेनाले आङ सान सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्द गरेको छ । उनलाई बुधबार अन्य कैदीहरुसँगै निकालिएको जुन्टाले जानकारी दिएको जर्मनीको विश्व सेवा डीडब्ल्यूले उल्लेख गरेको छ ।

डीडब्ल्यूका अनुसार म्यानमारमा तामक्रम अचाक्ली बढेसँगै जेलबाट निकालिएको हो । यद्यपि उनीहरूलाई कहाँ राखिएको भन्ने सेनाले बताएको छैन । म्यानमारमा गर्मीका कारण तापक्रम ३९ डिग्री पुगेको छ । म्यानमारका सेना प्रमुख जम मित तुले आफ्नो सामाजिक सञ्जालबाट सुकीको जेलबाट रिहाइ भएको सार्वजनिक गरेका छन् ।

सेनाले म्यानमारमा १ फेब्रुअरी २०२१ मा विद्रोह गरेको थियो। यसपछि स्टेट काउन्सिलर आङ सान सुकी र राष्ट्रपति विन मिन्ट लगायत धेरै नेताहरू पक्राउ परेका थिए । त्यसयता उनीविरुद्ध दर्जन बढी मुद्दा परेका छन् । यस्ता कैयौँ मुद्दामा उनी दोषी ठहर पनि भएका छन् ।

तपाईको प्रतिक्रिया