मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा‍. महावीर पुनले आत्मकथा बेचेर ५ करोड रुपैयाँ आर्जन गरेको बताएका छन् । ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक सो पुस्तक बिक्री गरी झन्डै पाँच करोड रुपैयाँ आम्दानी भएको उनले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।

गत असोज २८ मा सार्वजनिक उक्त पुस्तक बिक्रीका लागि पुन विभिन्न जिल्ला पुगेका थिए । उनले पछिल्लो १०० दिनमा ८४ हजार प्रति पुस्तक बिक्री भएको बताएका छन् । उनले २८ जिल्ला पुगेर पुस्तक बिक्री गरेका छन् ।

किताब बेचेको रकमबाट तीन दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताउँदै आएका पुनको पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया