मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीका अनुसार दाङबाट रुकुम जाँदै गरेको बस बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका–२ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ । घोराहीबाट रुकुम जाँदै गरेको रा.१ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया