मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – सिड्नीको एउटा चर्चित सपिङ मलमा हालै भएको चक्कु प्रहारको घटनामा सन्दिग्धलाई राक्ने कोसिस गरेका फ्रान्सेली पुरुषलाई अस्ट्रेलियाले भिसा दिने वाचा गरेको छ । आक्रमणकारी जोएल काउशीलाई रोक्न गएका ड्यामिएन गुएरोतलाई ‘हिरो’को उपमा दिइएको छ ।

शनिबार सो घटना भइरहेको समयमा गुएरोतले हातमा भएको बोलार्ड लिएर आक्रमणकारीलाई रोक्ने खोजेको फुटेज बाहिरिएको थियो । यस घटनामा चक्कु प्रहारबाट ६ जनाको मृत्यु भएको थियो भने अन्य १२ जना घाइते भएका थिए । घटनालगत्तै एक प्रहरी अधिकारीले आक्रमणकारीलाई गोली हानेर मारेकी थिइन् । गुएरोत निर्माण क्षेत्रमा काम गर्छन् । उनको भिसा एक महिनामा सकिँदैछ ।

प्रधानमन्त्री एन्थोनी अल्बानेजले भिसा नवीकरण प्रक्रियामा गुएरोतलाई कुनै समस्या नहोस् भन्ने सुनिश्चित गरिने बताएका छन् । गुएरोत चाहे जति लामो समय फ्रान्स बस्न सक्ने भन्दै मंगलबार एउटा पत्रकार सम्मेलनमा उनले भनेका थिए । घटनाको समयमा गुएरोत हातमा बोलार्ड लिएर एस्कालेटरबाट माथितिर आइरहेका काउशीलाई तर्साउन खोजिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसपछि सन्दिग्ध तलतिर भागेका थिए । प्रहरीले काउशीले यो आक्रमण कसरी र किन गरे भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।

घटनामा मृतक अधिकांश महिला भएपछि उनले निशाना नै महिलालाई बनाएको विश्लेषण आइरहेको छ । उनले किन यस्तो गरे भन्नेबारे पनि खोजी भइरहेको छ । बीबीसी

तपाईको प्रतिक्रिया