मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा आज उनको निधन भएको हो ।

निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी हिजो सोमबार अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरमा उपचार गराइराखेका ७० वर्षीय पंगेनीको आज दिउँसो निधन भएको हो ।

पोखरामा रहेर गीत र गजललाई प्रमुख विधा बनाएका पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुनालाई’ गरी दुई गीत संग्रह प्रकाशित छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृतिहरू हुन् ।

तपाईको प्रतिक्रिया