सोमबार, जेठ १४, २०८१
Monday, May 27, 2024

काठमाडौं – भारतीय अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अप्रिल १४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो । मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोली चलाउँदा सलमान आफ्नै घरमा थिए ।

घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको थियो । खानलाई लरेन्स–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

फरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली तथा आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । यस घटनाको जिम्मेवारी लरेन्स समूहले लिएको थियो । यो समूहले सलमानलाई यसअघि पनि पटकपटक धम्की दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया