सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ । चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ र दशैंको नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्ने गर्छन्। चैतेदशैंका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा पूजा अर्चना र दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशु बलिसहित पूजा गर्ने विधान पनि छ ।

वर्षमा चार वटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व बढी रहेकोले आजका दिन देवीको आराधना गर्ने गरिन्छ । काठमाडौंमा भद्रकाली, गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, धादिङमा कोटका कालिका, बाँकेमा बागेश्लवरीगायत देशभरका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरु भक्तजनको घुइँचो रहेको छ ।

तपाईको प्रतिक्रिया