Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाली नयाँ वर्षमा चितवन समाज जापानले आयोजनामा सांगीतिक साँझ सम्पन्न भएको छ । कार्यक्रम नेपाली नयाँ वर्ष वैशाख १ गते अर्थात् अप्रिल १४ तारिख आइतबारका दिन टोकियोमा सम्पन्न भएको हो ।कार्यक्रम टोकियोको 2 Chome-17-11 Hyakunincho, Shinjuku City 169-0073 स्थित रोयल गार्डेनमा सांगितिक माहौलमा सहभागीहरू झुमीरहेका थिए । चितवन समाज जापानका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रदीप खरेलले नेपाली नयाँ वर्षमा यस प्रकारको कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए ।औपचारिक कार्यक्रममा चितवन समाज जापानका सल्लाहकार ओम गुरुङ, चितवन समाज जापानका निवर्तमान अध्यक्ष एवं संरक्षक राजन कुमार श्रेष्ठ, प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण केसी, एनआरएनए जापानकी सचिव चन्द्रा अधिकारी, एनआरएनए जापानका अध्यक्ष नविन निउरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन समाजका महासचिव कविकिरण न्यौपानेको सञ्चालन एवं अध्यक्ष ईश्वरीप्रसाद कँडेल (सेवा)को अध्यक्षतामा सम्पन्न भएको थियो ।सांगीतिक कार्यक्रममा कलाकारहरू युवराज आचार्य, श्याम शीतल श्रेष्ठ, अमित सापकोटा, खेमराज पौडेल, सोना केसी, पार्वती आचार्य, स्मोथ बस्ताकोटी लगायतले प्रस्तुति दिएका थिए । कार्यक्रममा चितवन समाज जापानले नयाँ वर्षको उपलक्ष्यमा प्रकाशन गरेको भित्ते पात्रो समेत विमोचन गरिएको थियो ।

तपाईको प्रतिक्रिया