Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रदास डाँगीको निधन भएको छ। बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको उपचारको क्रममा आज बिहान छाउनी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

गत चैत २७ गते राप्रपाले काठमाडौँमा गरेको आन्दोलनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट घाइते भएका डाँगीको छाउनी अस्पतालमा उपचार भइरहेको थियो। उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको तथा आज बिहान निधन भएको श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार डाँगीको शवलाई सोमबार श्रद्धान्जलीको लागि धुम्बाराहिस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ। त्यसपश्चात डाँगीको शवलाई उनको गृहजिल्ला बर्दिया लगिने र मंगलबार दाहसंस्कार गरिने श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया