मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो – जापानको जनसङ्ख्या १२५ मिलियन (१२ करोड ५० लाख)भन्दा कम रहेको सरकारी तथ्याङ्कले देखाएको छ । गैरजापानी बासिन्दाहरू पाँच लाख ९५ हजार वा शून्य दशमलव ४८ प्रतिशतले घटेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गरेको जनसाङ्ख्यिकीय सर्वेक्षण अनुसार जापानी नागरिकहरूको जनसङ्ख्या ८ लाख ३७ हजार वा शून्य दशमलव ६९ प्रतिशतले घटेर १२ करोड ११ लाख ९३ हजार रहेको छ ।

अक्टोबर १, २०२३ मा १२ करोड ४३ लाख ५२ हजार रहेको थियो । ७५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूको सङ्ख्या ७ लाख १३ हजार बढेर २० दशमलव ०८ मिलियन पुगेको छ । १४ वर्षसम्मको उमेरका व्यक्तिहरू ३ लाख २९ हजारबाट लगभग १४ दशमलव १७ मिलियनमा पुगेका छन् ।

कुल जनसङ्ख्याको ११ दशमलव ४ प्रतिशत मात्रै रहेको छ । यो अहिलेसम्मकै सबैभन्दा कम बालबालिकाको सङ्ख्या हो । यसैबिच, विदेशी राष्ट्रिय जनसङ्ख्या दुई लाख ४३ हजारले बढेर बढेर लगभग ३ दशमलव १६ मिलियन पुगेको छ ।

मन्त्रालयका अनुसार जापानमा तीन महिना वा सोभन्दा बढी समय बसेका विदेशी कामदार र विद्यार्थीलाई कुल जनसङ्ख्याको आँकडामा गनिएको थियो । देशको ४७ प्रिफेक्चरहरूमध्ये, केवल टोकियोमा जनसङ्ख्या वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया