Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पोखराको फेवातालमा डुंगा दुर्घटनामा परेकी एक जना महिलाको उद्धार भएको छ। बिहीबार दिउँसो अचानक हावाहुरी आएपछि फेवातालमा ‘कायक बोट’ पल्टिएको थियो। उक्त दुर्घटनामा परेकी एक जना महिलाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

काठमाडौँ महानगरपालिका- १७ सामाखुसी बस्ने वर्ष २५ कि अग्नि देवकोटाको सकुशल उद्दार गरिएको हो । फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले उनको तत्कालै उद्धार गरेको हो । उनको अवस्था सामान्य रहेको थापाले बताए ।

तपाईको प्रतिक्रिया