मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टिमको गल्तीले दुर्घटनामा परेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता अघि आफु र आफ्नो टिमले गल्ती गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन्। साथै उनले ड्रिंक एण्ड ड्राइभ नगर्न समेत सुझाव दिएका छन्।

‘जीवन एक भोगाई हो । मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ । सबै सिकाई र भोगाइको क्रम हो’, उनले अगाडि भनेका छन्, ‘दुई साता अगाडि म र मेरो टिमले गरेको गल्तीले म लगायत टिमका साथीहरू दुर्घटनामा पर्‍यौ । ‘कमेडी च्याम्पियन सिजन ३’को प्रसारण रोकिएको थियो । आजबाट प्रसारणलाई निरन्तरता दिँदै छौ ।’ दुर्घटनाले आफूलाई धेरै कुरो सिकाएको भन्दै आगामी दिन झन् सजकताका साथ अगाडि बढ्ने उनले बताएका छन् ।

मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली भक्तपुरमा भयानक दुर्घटनामा परेको थियो ।

 

तपाईको प्रतिक्रिया