Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल नयाँ वर्षदेखि २४ सैँ घण्टा खुला रहने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै सहरको प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रमा २४ सैँ घण्टा व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सैँ घण्टा व्यवसाय खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको बताए । ‘सरकारले वातावरण बनाइदिने भएपछि हामीले पनि सबै तयारी गरिसकेका छौँ । नयाँ वर्षदेखि त्यो घोषणा हुन्छ, रातभर व्यवसाय सञ्चालन हुन्छ,’ उनले भने । त्यस क्षेत्रको सुरक्षा प्रबन्ध र व्यवस्थापनको काम भने काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा वैशाख १ देखि रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी भएको बताए ।

अब ठमेल र दरबारमार्गमा क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार रातभर खुल्नेछन् । रात्रिकालीन बजार व्यवस्थापनका लागि प्रशासनले सुरक्षा मापदण्ड बनाएर लागू गर्दै छ । मापदण्ड नपुगेका व्यवसाय भने त्यसपछि बन्द हुनेछन् ।

 

तपाईको प्रतिक्रिया