Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हङकङको याउ मा तेइमा भीषण आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा बुधबार आगलागी भएको हो । भवनको दोस्रो तलाको करिडोरमा तीनजना घाइते फेला परे भने पाँचौं व्यक्ति सातौं र आठौं तलाको बीचको सिँढीमा फेला परेका साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

आगोबाट बच्नका लागि मानिसहरू याउ मा तेइको जोर्डन रोडमा रहेको यो १६ तले भवनबाट हाम फालेका पाँच जनामध्ये एकजनाको मृत्यु भएको सुरक्षाकर्मीले जनाएका छन्। आगो नियन्त्रणमा आइसकेको र आगोमा फसेकाहरूलाई उद्धार गरिएको बताइएको छ । घटनामा घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । हङकङको याउ मा तेइ नेपालीहरूको बाक्लो बसोबास रहेको क्षेत्र हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया