Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद)मनाउँदै छन् । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जनाएका छन् । यसै अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद-उल-फित्र भनिएको हो । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । जकात (दान) यही महिनामा दिइन्छ ।

अरबी पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक याे पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ। मुस्लिम समुदायमा इदको अन्तिम दिन बिहानै उठेर नुहाई धुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मीयता साट्ने गर्छन् । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ ।

 

तपाईको प्रतिक्रिया