Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिन्ह प्रदान गरेको छ । इलाममा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयन पत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन् ।

बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिन्ह प्रदान गरिएको हो । यस्तै, बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन पत्र दर्ता भएकामा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएकाले बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया