बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ईपीएस काेरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पहिलो चरणको नतिजा सार्वजनिक गरेको हो । पहिलो चरणको नतिजा सार्वजनिक हुँदा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्। गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म सञ्चालित परीक्षामा ४० हजार ५ सय ८० जना परीक्षार्थी सहभागी भएका थिए।

पहिलो चरणको परीक्षामा पास भएकाहरुको दोस्रो चरणको परीक्षा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म हुनेछ। उनीहरुले सिप परीक्षा दिनेछन्। स्किल र कम्पिटेन्सी परीक्षामा सहभागी भएपछि मात्र उनीहरु कोरिया जान पाउने श्रमिकको रोस्टरमा सूचीकृत हुनेछन्। ईपीएसतर्फ उत्पादन क्षेत्रको दोस्रो चरणको परीक्षा पनि वैशाखमा सुरु हुनेछ जसमा ९७ हजार ९३७ जना सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया