शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारीअनुसार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो साढे तीन बजे पद तथा गोपनियताको शपथ गराएका हुन्।

कँडेललाई एमालेका सभामुखसहित १०, नेकपा (माओवादी केन्द्र) का १३ र नेकपा (एकीकृत समाजवादी)का एक गरी २४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। शपथ लगत्तै मुख्यमन्त्री कँडेलले पदभार ग्रहण गर्ने कार्यक्रम छ।

 

तपाईको प्रतिक्रिया