Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारूढ दलहरूको साझा उम्मेदवार घिमिरेको पक्षमा ३९ मत परेको थियो भने कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गर्नुभएको थियो । बैठकमा ५५ जना सांसदको उपस्थिति रहेको थियो ।

अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई दिँदै कार्यकालको सफलताको कामनासमेत गर्नुभयो । गएकाे चैत १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया