शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृहमन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताए।

उनले आफ्नो पार्टीका नेता बुद्धिमान तामाङ समेत अहिले घाइते अवस्थामा नै संसदमा आएको बताए । उनले सरकारले दमन गरेपनि आफुहरुको आन्दोलन शान्तिपूर्ण हुने समेत जानकारी दिए ।

उनले भने, ‘रवि लामिछाने यो देशको गृहमन्त्री हुँदै गर्दा माइतीघर मण्डला निषेधित गराउनुभएको छ । यो देशको संविधान ठूलो कि गृहमन्त्री ठूलो ? नेपालको संविधानले स्पष्ट भनेको छ, शान्तिपूर्ण रूपमा कुनै पनि मान्छेले, कुनै पनि समूहले, कुनै पनि दलले आफ्नो मत राख्न पाउँछन् । निषेधाज्ञा कहाँ गर्ने भन्ने थाहा छ कि छैन ? भोलि सभामुख र हामी सांसदहरूको घर पनि निषेधाज्ञा बन्देला । बाथरुम पनि निषेधाज्ञा बन्देला । सिंहदरबार निषेधाज्ञा हो, संसद् भवन, राष्ट्रपति कार्यालय निषेधाज्ञा हो ? पूर्वगृहमन्त्री बुद्धिमान तामाङलाई कुटपिट गरिएको छ । हिजो मलाई गृह मन्त्रालयको आदेशमा डिएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभयो । यसलाई कालो दिनको रूपमा हामीले हेरेका छौँ । सुशासन मुखमा होइन व्यवहारमा गर्नुस् ।’

 

तपाईको प्रतिक्रिया