Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ। इलाम–२ को उपनिर्वाचनमा १९ उमेदवार कायम भएका छन् । २० जनाले मनोनयन दर्ता गराएको भए पनि स्वतन्त्र उम्मेदवारी दिएका केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका थिए।

त्यसैगरी, बझाङ–१ को ‘क’मा हुने निर्वाचनमा ११ जनाको उमेदवारी कायम भएको छ । कुल १२ जनाले उमेदवारी दर्ता गरेका थिए । जसमा नेपाली जनता दलका उमेदवार अशोक सुनारले उमेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै, उमेदवारहरूलाई चुनाव चिह्न पनि प्रदान गरिएको आयोगले जनाएको छ । वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया