Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार दिउँसो काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा रूपमा सूचीकृत भएको छ । इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय पुगेको छ ।

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले मुलुकभर लागेको डढेलोको असर काठमाडौँलगायतका सहरको वायूमा परेको बताए । ‘केही साताअघि पनि काठमाडौँको वायु प्रदूषण बढेको थियो, आज थप प्रदूषण भएको छ’, उनले भने ।

उनले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताए । ‘जानजान वनमा डढेलो लगाउनु भएन, डढेलो लगाउनेलाई कडा रूपमा कारबाही गर्नुपर्छ’, उनले भने, ‘जथाभाबी रूपमा फोहर पनि जलाउनु भएन, मानवीय जनचेतनाका कारण पनि यो समस्या आएको छ । सबै सरोकारवालाको पहलमा अव प्रदूषण नियन्त्रणमा जुट्नुपर्छ ।’

विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ ।

एक सय एकदेखि एक सय ५० सम्मलाई हुनुलाई श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्युआइलाई पनि तअस्वस्थकरका रूपमा लिइन्छ ।

दुई सय एकदेखि तीन सय सयसम्मको अति अस्वास्थ्य अवस्थाको वायु भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ ।

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख छ ।

तपाईको प्रतिक्रिया