Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। राप्रपाले मंगलबार भद्रकाली क्षेत्रमा गरेको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट कार्यकर्ता घाइते भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।

सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै राप्रपाले काठमाडौँमा विरोध प्रदर्शन गरिरहेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सांसद ज्ञानेन्द्र शाही सहितका नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा केही घाइते भएका थिए।

पार्टीको जनप्रदर्शनपछि आयाेजित काेणसभामा लिङ्देनले ४० बुँदे मागमा गृहमन्त्रीकाे राजीनामाकाे माग थपिएपछि अब ४१ बुँदे भएकाे घाेषणा गरे । कोणसभामा बोल्दै अध्यक्ष लिङ्देनले भने, ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनाका रूपमा राख्नेछौं। आजबाट गृहमन्त्रीको राजीनामाको मत पनि राप्रपाले थपेर अघि लैजान्छ। ४० बुँदेमा १ बुँदे माग थपियो।’

तपाईको प्रतिक्रिया