Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ । संसद भवन नयाँ वानेश्वरमा सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित गरिएको हो ।

अवरोध खुलाउन दलहरूबीच सहमति नभएपछि सूचना टाँस गरेर सदन स्थगित गरिएको हो । मंगलबार बसेको बैठक नेपाली कांग्रेसले अवरुद्ध गरेपछि १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।

संसद १५ मिनेट स्थगित गरेर सभामुखले आफ्नै कार्यकक्षमा दलका नेताहरूसाग छलफल गरेका थिए । छलफलमा आज संसद खुलाउने सहमति हुन सकेको थिएन ।

पछिल्लो समय कांग्रेसले प्रतिनिधिसभाको बैठकमा सहकारीको रकम अपचन गर्नेका विरुद्ध निष्पक्ष छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया