Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा भद्रकालीबाट शाही लगायत केही कार्यकर्ता पक्राउ परेका हुन् । प्रहरीले राप्रपाको आन्दोलनमा बल प्रयोग गरिरहेको छ ।

सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो। प्रहरीको बल प्रयोगबाट एक कार्यकर्ता गम्भीर घाइते भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेपछि जुलुस तितरबितर भएको छ। राप्रपाको जनप्रदर्शन अवरोध छिचोल्दै भद्रकालीबाट सिंहदरबार पुगेको थियो ।

तपाईको प्रतिक्रिया