Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसले मंगलबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको बताएका हुन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग राखेर प्रमुख प्रतिपक्ष दल नेपाली कांगेसले निर्धारित समयभन्दा करिब १ घण्टा ५० मिनेट पछि सुरु भएको बैठक अवरुद्ध पारेका थिए । सभामुख घिमिरेले संसद बैठक सुचारु गराउनका लागि वातावरण बनाइदिन सबै सांसदहरूलाई आग्रह गरेका थिए ।

यसअघि सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुबाटारमा दलहरुबीच छलफल भएको थियो । छलफलमामा सदन खुलाउने विषयमा सहमति हुन सकेको थिएन ।

तपाईको प्रतिक्रिया