Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित गरेका हुन् । बैठकमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने माग गरेको थियो ।

कांग्रेसकी सचेतक सुशीला थिङले बोलेपछि सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झालाई बोल्न समय दिएका थिए । कांग्रेसका सांसदले अवरोध गरेपछि सत्ता पक्षका सांसद पनि उभिएका थिए । उनीहरूले बोल्न दिनका लागि माग गरेका थिए । सभामुखले सदन सुचारु गर्न पटक पटक आग्रह गरेका थिए ।

 

तपाईको प्रतिक्रिया