मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राजेश पायल राईको सम्बन्धबिच्छेद को चर्चा सेलाउन नपाउदै अर्का नेपाल आइडलबाट उदाएका गायक निशान भट्टराईको पनि वैवाहिक सम्बन्ध टुटेको छ । निशानले मोडल ऋचा न्यौपानेसँग कानुनीरुपमा सम्बन्धविच्छेद गरेका हुन् । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो ।

सम्बन्धमा दरार आएपछि ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् । आपसी सहमतिमै उनीहरुले डिभोर्स गरेको अदालतको आदेशमा उल्लेख छ । विसं २०७७ मा निशान र ऋचाले अदालती विवाह गरेका थिए । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेका थिए ।

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेयता भट्टराई निकै चर्चित छन् । लगत्तै उनले प्रेमिका ऋचालाई विवाह गरेका थिए । निशान पछिल्लो समय निकै चल्तीका गायक हुन् भने ऋचा पेसाले मोडल हुन् ।

तपाईको प्रतिक्रिया