मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

टोकियो – राप्ती समाज जापानले नेपाली नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । समाजले नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित आउँदो अप्रिल २१ तारिख आइतबारका दिन विशेष कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रममा राप्ती क्षेत्रबाट जापानमा क्रियाशील साहित्यकार तथा कलाकारहरूको विशेष प्रस्तुति रहने समाजका अध्यक्ष पञ्चवीर चौधरीले जानकारी दिए । कार्यक्रममा साहित्यतर्फ कवि शरद पोख्रेल तथा गजलकार मनोज मौसम केसीको विशेष रचना वाचन हुनेछ भने गायन तथा नृत्यतर्फ पीताम्बर जिसी, विमल पुनमगर तथा जानकी घर्तीमगरको प्रस्तुति रहनेछ ।

टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा मध्याह्न १२ बजेदेखि सुरु हुने कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण जापानवासी नेपालीहरूमा समाजका अध्यक्ष चौधरीले अनुरोध गरे ।

साबिकको राप्ती अञ्चलबाट जापानमा आएर बसिरहेका नेपालीहरूको साझा संस्थाको रूपमा क्रियाशील रहेको राप्ती समाज जापानले विभिन्न समस्यामा परेका राप्तीवासीहरूलाई विभिन्न सहयोग अभियान सञ्चालन तथा समय समयमा विभिन्न कार्यक्रमहरू गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया