Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन आज शंखध्वनि जुलुस गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज दिउँसो साढे २ बजे काठमाडौँको भृकुटीमण्डपमा राप्रपाले शंखध्वनि जुलुस गर्न लागेको हो ।

सनातन हिन्दु अधिराज्यको पुनःस्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाको विरुद्धमा राप्रपाले १०८ शंखध्वनि जुलुस गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए ।

राप्रपाले भोलि काठमाडौँमा हुने जनप्रदर्शनमा ५० हजार मानिस उतार्ने दाबी गरेको छ । राप्रपाले भोलिको प्रदर्शनले सबै प्रकारका निषेधाज्ञा तोड्ने जनाउँदै राज्यतर्फबाट अवरोध भएको खण्डमा प्रतिकारमा उत्रिने चेतावनी समेत दिएको छ ।

 

तपाईको प्रतिक्रिया