Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – एमाले नेता महेश बस्नेतले आफूलाई बलात्कार गरेको र जबरजस्ती गर्भपतन गराइदिएको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी छन्। एमालेकै एक संगठनमा आबद्ध ३१ बर्षीय युवतीले बस्नेतविरुद्ध जाहेरी दिएकी हुन्। ती युवतीले बस्नेतमाथि भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी हुन्।

जाहेरी आएको पुष्टी गर्दै काठमाडौं प्रहरी परिसर प्रमुख भुपेन्द्र खत्रीले जाहेरीमाथि नै अनुसन्धान भइरहेको बताए। प्रहरीमा जाहेरी अघि नबढाएको भन्दै उनी सुरूमा सरकारी वकिल कार्यालय काठमाडौंमा गएकी थिइन्। पछि उनले हुलाकमार्फत उजुरी दिएकी थिइन्। बस्नेत र आफ्नो १० वर्षदेखि प्रेम सम्बन्ध रहेको तर पछिल्लो समय बस्नेतले आफूलाई झुक्याएर गलत औषधि खान दिई गर्भपतन गराइदिएको, बिरामी अवस्थामा बलात्कार गरेको पीडित युवतीको दाबी छ। मंसिरमा भारतको तुलसी हेल्थकेयर अस्पताल र फागुन ७ गते आफू बस्ने काठमाडौंस्थित अपार्टमेन्टमा महेशले जबरजस्ती करणी गरेको पीडितको दाबी छ।

आफूमाथि भएको बलात्कार र भ्रूण हत्याको प्रमाण नष्ट गराउन आरोपी बस्नेतको निर्देशनमा अपार्टमेन्टमा डाँका चोरी भएको पनि उनको दाबी छ। उनले मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरेकी छन्।

तपाईको प्रतिक्रिया