Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् । उनी प्रदेश सरकारको पाँचाैं मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

विसं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक उनी विसं २०३५ र २०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा प्रवेश गरेका हुन् । उनले विसं २०४४ देखि २०५० सालसम्म मावि शिक्षकका रुपमा पनि काम गरे ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि आज शपथग्रहण गरेका महरा विसं २०७९ मंसिरमा सम्पन्न संसदीय निर्वाचनमा रोल्पा क्षेत्र नं १ (१) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका हुन् । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाको साविक गजुल गाविस वडा नं २, हाल सुनिलस्मृति–गाउँपालिका–५ गजुल काट्नेमा बुवा खलबहादुर महरा र आमा रमिता महराको कोखबाट विसं २०२० कात्तिक १ गते जन्मिएका महराले स्थानीय श्री जनज्योति मावि गजुलबाट एसएलसी उत्तीर्ण गरेका हुन् ।

उनले महेन्द्र बहुमुखी क्याम्पस दाङबाट प्रमाणपत्र तह तथा राजनीतिशात्र र अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् । नव नियुक्त मुख्यमन्त्री महराका श्रीमती तपी महरा र चार छोरा छन् । विसं २०४२ मा विद्यार्थी सङ्गठनको दाङको सचिव हुँदै विसं २०५१ मा नेकपा (माओवादी) को रोल्पा जिल्ला सचिवका रुपमा पार्टीको जिम्मेवारी पाएका थिए । यसपछि पनि पार्टीको विभिन्न जिल्लामा नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गरेका महरा विसं २०६४ मा नेकपा (माओवादी) को तर्फबाट संविधानसभा सदस्य भएका थिए ।

विसं २०६२ देखि २०६५ र २०७२ देखि २०७८ सम्म दुई पटक पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ को प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा काम गरेका महरा विसं २०७४ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख स्वकीय सचिवको जिम्मेवारीमा रहेर समेत काम गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य रहेका महरा गत वर्ष एमाले संसदीय दलका नेता लीला गिरी नेतृत्वको प्रदेश सरकारमा लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा रहेका थिए । महरा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका विश्वासिला पात्रका रुपमा समेत चिनिन्छन् ।

तपाईको प्रतिक्रिया