Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महरासँगै तीन जना मन्त्रीले शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता महरा नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) सहित ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

उनीसँगै तीन जना मन्त्रीले पनि आइतबार शपथ लिएका छन्। एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बनेका छन्। उनीहरूलाई जिम्मेवारी दिन बाँकी छ।

तपाईको प्रतिक्रिया