Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्यांक संकलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । महानगरका अनुसार गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार गरिब पहिचान गर्न लागिएको हो ।

महानगरले बताए अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । बाँकी १३ जिल्लाका काठमाडौं महानगर बाहेक सबै पालिकामा गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ । काठमाडौं महानगरपालिका भित्र गणना सकिएपछि देशभरकै गरिब परिवारको गणना सम्पन्न हुने छ ।

गरिब तथ्यांक संकलनको काम २०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो । हरेक ५ वर्षमा गरिब परिचय पत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म कसैको पनि नवीकरण गरिएको छैन । यसका लगि महानगरले गरिब पहिचान गर्न २०९ जना गणक र २१ जना सुपरीवेक्षक खटाएको छ । उनीहरुलाई महानगरपालिकाले तालिम दिएर पठाएको हो ।

 

तपाईको प्रतिक्रिया