Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गलकोट नगरपालिका, इलाका प्रहरी कार्यालय गलकोट र अस्थायी ट्राफिक पोष्ट हटियाको समन्वयमा मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा ट्राफिक सचेतना सम्बन्धी बोर्डहरू राखिएको छ ।

गलकोट नगरपालिकाको आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय गलकोटको सक्रियतामा मध्यपहाडी लोकमार्ग स्थित गलकोट नगरपालिका ११ रिघा फेदी देखि गलकोट नगरपालिका १ दुदिलाभाटी भ्यूटावर सम्मका रोडका विभिन्न स्थानमा सो बोर्डहरू राखिएको हो ।

बजार क्षेत्रमा हर्न नबजाऊँ, ट्राफिक नियम पालना गरौं, सडक लेनको प्रयोग गरौं, तीव्र गति जीवनको क्षति, छिटो गए भन्न सकिन्न बिस्तारै गए अवश्य पुगिन्छ , सुन्दर जिन्दगीमा हतार दिन भन्ने सचेतनामूलक सन्देश लेखेका बोर्डहरू मध्यपहाडी लोकमार्गका विभिन्न २५ स्थानमा राखिएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

सडक दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत सो बोर्डहरू राखिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । ‘सडक दुर्घटना न्यूनीकरणका लागि हामीहरूले पालिका भित्रको मध्यपहाडी लोकमार्ग खण्डमा विभिन्न अभियानहरू सञ्चालन गरेका छौं,’ उनले भने, ‘सो अन्तर्गत यो सचेतना बोर्डहरू राख्न सुरु गरेका छौं ।’

शनिबार गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले लोकतान्त्रिक चोकमा ट्राफिक सचेतना बोर्ड स्थापना गरेर अभियानको शुभारम्भ गरे । कार्यक्रममा इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख थम्मनसिंह रानाले मन्तव्य राखेका थिए । कार्यक्रम प्रहरी चौकी हटियाका प्रमुख विष्णु प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया