मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गण्डकी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। अधिकारीले आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) सहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

मुख्यमन्त्रीमा दाबी पेस गर्न अधिकारी माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र मनाङेसहित पुगेका थिए । मनाङे यही चैत ५ गते कांग्रेस सरकारमा मन्त्रीसमेत बनेका थिए । एकीकृत समाजवादी पार्टी त्याग्दै उनी सरकारमा सहभागी भएका थिए ।

गण्डकीमा एमालेका २२, माओवादीका ८ र दीपक मनाङेको समर्थनसहित ३१ मत हुन्छ र बहुमतका लागि पर्याप्त हुन्छ। तर बहुमत पुर्‍याउन सभामुखको मत पनि जोडिएकाले यस अघि कोसी प्रदेशको जस्तै घटनाक्रम दोहोरिने देखिएको छ। कोसीमा सभामुखले बहुमत पुर्‍याउन मत दिएपछि सर्वोच्च अदालतले सो सरकार बर्खास्त गरिदिएको थियो। यस बाहेक गण्डकीमा काँग्रेसका २७ र राप्रपाका २ सांसद रहेका छन्।

 

तपाईको प्रतिक्रिया