सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – झापामा एक युवाले श्रीमतीको हत्या गरेका छन् । बाह्रदशी गाउँपालिका १ का ३३ वर्षीय देवनारायण राजवंशीले बिहीबार ३३ वर्षीया श्रीमती ममसरी राजवंशीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वैदेशिक रोजगारीका क्रममा ओमनमा रहेका राजवंशी चार दिनअघि मात्र बिदामा घर आएका थिए । पत्नी अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद हुँदा राजवंशीले खुकुरी प्रहार गरेको बताइन्छ ।

मृतक दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन् । घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया