मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउनका निम्ति जुट्न सबै नेपाली समुदायमा आह्वान गरेका छन् । देश बनाउन सबै अग्रसर हुनुपर्नेमा उनको जोड छ ।

शनिबार जुम्लाको खलंगामा आयोजित एक कार्यक्रममा उनले अपार सम्पदा हुँदा हुँदै पनि नेपाली समुदाय परनिर्भरतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘…आफ्नै भूगर्भमित्र अथाह धनधान्य छ । तर, खानका लागि काम खोज्न हामी भौँतारिराखेका छौँ,’ उनले भने, ‘कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ?’ आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर खस्नुपर्ने उनको भनाइ छ ।

उनले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउनुपर्ने धारणा व्यक्त गरे । सर्वपक्षीय सम्मेलन, सम्झौतामार्फत नयाँ निष्कर्ष निकाल्नुपर्ने भन्ने जनमत बढ्दै गएको आफ्नो अनुभव रहेको उनले बताए । ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ,’ उनले भने ।

सम्बोधनको पूर्णपाठ :-

तपाईको प्रतिक्रिया