Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले अर्यालले सहकारीमा आफ्नै २३ लाख लगानी डुबेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्यालले यस्ते बताएका हुन् ।

आफ्नो रकम उठाइदिनेलाई केही रकम दिने उनको भनाइ छ । ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरूले, लेख्ने मिडियाका साथीहरूले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरूलाई म अलिअलि दिन्थेँ,’ अर्यालले भने, ‘मेरो २३ लाख आएपछि उहाँहरूको सचिवालय चलाउन, अध्ययन गर्न दिन्थेँ । मै ठगिएको छु ।’

हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नलिएको उनले दाबी गरे । ‘संस्थामा म सदस्य भएको हो, मैले भनेको छु । म उपाध्यक्ष भएको हो, त्यो अत्यन्त राम्रो उद्देश्यका साथ बनेको सहकारी रहेछ, हाम्रो नयाँ कृषि सहकारी भन्ने,’ उनले भने ।

तपाईको प्रतिक्रिया