सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इण्डियन प्रिमियर लिग(आईपीएल) मा शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदैछ। खेल जयपुरको सवाई मानसिंह स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ।

राजस्थान सञ्जु सैमसन र बैंगलोर फाफ डु प्लेसिसको कप्तानीमा मैदानमा उत्रिन लागेका हुन्। आईपीएलमा राजस्थान र बैंगलोरले ३० खेल खेलेका छन्। राजस्थान १२ र बैंगलोर १५ खेलमा विजयी भएको छ। यी दुईबीचको ३ खेलमा कुनै नतिजा निस्केन । दुई टोलीबिच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४–४ ले जितेका थिए।

गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो । यस सिजन भने राजस्थानले तीनवटै खेल जितेको छ। अर्कोतर्फ, बैंगलोरले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ।

 

तपाईको प्रतिक्रिया