Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) का उम्मेदवारलाई सघाउने भएको छ । केन्द्रीय गठबन्धनको सहमतिअनुसार माओवादीले एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको हो ।

शुक्रबार माओवादी केन्द्र इलाम जिल्ला समन्वय समितिका संयोजक बिजय लिम्बु र एमालेका इलाम अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेको अपिलमा सुहाङ नेम्बाङलाई मतदान गर्न अनुरोध गरिएको छ।

उक्त अपिलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएको बताइएको छ।उपनिर्वाचनका लागि आज शनिबार उम्मेदवारी दर्ता हुँदैछ।

 

तपाईको प्रतिक्रिया