Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दोलखाको चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फाल्दा १९ वर्षिया युवतीको मृत्यु भएको छ । कलजेको पाँच तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो ।

अधिकारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो । उनको उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पोखरा घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा अध्ययनरत थिइन् । उनी विदापछि पोखराबाट बुधबारमात्रै कलेज फर्किएकी थिइन् । प्रारम्भिक अनुसन्धानको क्रममा उनले केही समय यता डिप्रेशनको औषधि लिइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया