Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

काठमाडौं – जिल्ला अदालत चितवनले पूर्व माओवादी लडाकु कमाण्डर कालीबहादुर खामलाई थुनामा पठाउन आदेश दिएको छ । अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले शुक्रबार खामलाई थुनामा पठाउन आदेश दिएको जानकारी दिए । न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई थुनामा पठाउन आदेश दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बिहीबार पनि बहस भएको मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । व्यापारी रामहरि श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोपमा खाम सोमबार पक्राउ परेका थिए । खामलाई जिल्ला प्रहरी कार्यालय चितवनले बुधवार अदालतमा हाजिर गराएको थियो । मृतक श्रेष्ठलाई २०६५ वैशाख १५ गते माओवादी कार्यकर्ताले केही कुरा बुझ्न खामले लगेको मृतककी श्रीमती रमिलाले जाहेरीमा उल्लेख गरेकी छिन् । रमिलाका अनुसार त्यसको १० दिनपछि बटालाले उनलाई श्रीमानसँग एकपटक फोन सम्पर्क गराएका थिए। श्रेष्ठको शव २०६५ जेठ १२ गते चितवनको जुगेडीस्थित त्रिशूली नदीमा भेटिएको थियो ।

त्यसपछि उनको परिवारले खाम सहित तेस्रो डिभिजन शक्तिखोरका तत्कालीन ब्रिगेडियर कमाण्डर गोविन्दबहादुर बटालामाथि मुद्दा दर्ता गराएका थिए। त्यसयता खाम फरार थिए । प्रहरीले अनुसन्धान सकेपछि उनको मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो । सर्वोच्चका न्यायाधीशले यस मुद्दालाई मुल्तबीमा राखेका थिए । खाम पक्राउ परेसँगै बाँकी अदालती प्रक्रिया अगाडि बढेको उनले बताए ।

ब्रिगेडियर कमाण्डर बटालाले भने चार वर्षअघि सर्वोच्च अदालतबाट सफाइ पाइसेका छन् । सर्वोच्चका तत्कालीन न्यायाधीश तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ साल फागुन १८ गते बटालालाई सफाइ दिएको थियो ।

तपाईको प्रतिक्रिया