Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – श्रीलंकन नागरिकलाई वैदेशिक रोजगारको लागि युरोपियन देशहरूमा पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने पाकिस्तानीहरू पक्राउ परेका छन्।वैदेशिक रोजगारका लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाउने भन्दै उनीहरूलाई श्रीलङ्काबाट नेपाल ल्याएर होटेलमा राखेर पासपोर्ट नियन्त्रणमा लिई बन्धक बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

पाकिस्तानी नागरिकहरू ५७ वर्षीय जुबेर अम्जाद, ४२ वर्षीय शाहजेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह पक्राउ परेका हुन्। उनीहरूमाथि प्रहरीले विभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबरजस्ती बन्धक बनाई राखेको आरोप लगाएको छ।

प्रहरीले यस अगाडि युरोप पठाउने भन्दै नेपालमा ल्याएर भारतीय नागरिक बन्धक बनाएको आरोपमा भारतीय नागरिकहरू पक्राउ गरेको थियो। केही दिन अगाडि बङ्गलादेशी नागरिक बन्धक बनाएको आरोपमा भारतीयहरू पक्राउ परेका थिए। अहिले पाकिस्तानी नागरिकहरू पक्राउ परेका हुन्।

तपाईको प्रतिक्रिया