Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बन्चरेडाँडा ल्याण्डफिल क्षेत्रका बासिन्दाले काठमाडौँबाट जाने फोहोर व्यवस्थापनमा अवरोध गर्ने भएका छन् । शनिबारदेखि फोहोर ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयले बताएका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडा, सिसडोल लगायत क्षेत्रमा थुप्रिएको फोहोरले मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको तथा राज्य शक्तिको दुरुपयोग गरी स्वच्छ वातावरण बाँच्न पाउने नागरिकको मौलिक हक सरकारले नै हनन गरेको स्थानीयको आरोप छ ।

बन्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिले प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नागरिकको जिउ धनको रक्षाका लागि फोहोर फाल्न अवरोध गरिने उल्लेख गरिएको छ। शनिबारदेखि फोहोर बोकेका गाडी तारकेश्वर नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सीमामै रोकिने समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए।

उनले भने, ‘नेपाल सरकार र काठमाडौं महानगरपालिकासमेतका फोहोरमैला ढुवानी गर्ने सवारीसाधनको असावधानीका कारण दर्जनौं स्थानीयवासीको मृत्यु भएको, सयौँको संख्यामा क्यान्सरजस्ता प्राणघातक रोग फैलिएको र यही कारण दर्जनौँको मृत्यु भएको लगायत मानवता विरोधी अपराध गरेकाले अब उप्रान्त सधैंका लागि फोहोरमैला निषेध गर्नुबाहेक अर्को विकल्प छैन।’ यसपटक पूर्व सहमति कार्यान्वयनको चरणमा नपुगुञ्जेलस निर्णायक र चरणबद्ध आन्दोलन गर्ने स्थानीयहरूले बताएका छन्।

 

तपाईको प्रतिक्रिया