शनिबार, जेठ १२, २०८१
Saturday, May 25, 2024

काठमाडौं – च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन् । दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी हुन् ।

आत्महत्याको प्रयास गरेको हो या केही कारण हो प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पोखराकी उनी बिदामा घर गएर बुधबार मात्र चरिकोट फर्किएकी कलेजका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले संचारकर्मीहरूलाई बताए । घरबाट आएको भोलिपल्टै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेकी हुन् ।

उनको अवस्थामा गम्भीर भएकोले उपचारका लागि काठमाडौं ल्याइएको छ । आत्महत्याको प्रयास गरेको हो या केही हो भन्नेबारे केही खुलेको छैन अनुसन्धान भइरहेको खड्काको भनाई छ ।

तपाईको प्रतिक्रिया